after_navbar

घास काट्न गएका पदमको बाघको आक्रमणबाट मृत्यु


असार २७, २०८२


चितवन,२७ असार । पूर्वी चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–१३, गवैका ६८ वर्षीय पदमबहादुर रानामगरको शुक्रबार मृत्यु भएको हो ।

मृतकसहित तीनजना स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्नका लागि शुक्रबार बिहान गएकामध्ये मगर सम्पर्कमा नआएपछि खोजी गरिएको थियो । 

खोजी गर्ने क्रममा दिउँसो बाघको आक्रमणमा परी मृतावस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="