दाङ, २८ असार । रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्र्याक्ट क्लब अफ तुलसीपुरको संयुक्त पदस्थान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।
नव अध्यक्षहरू सन्दीपन रिजाल र आकाश सिंहको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सामाजिक संघ–संस्थाले नेतृत्व विकाससँगै समाजसेवामा महत्वपूर्ण योगदान पुर्याउने बताए।
उनले नयाँ कार्यकाललाई स्वर्णिम बनाउन शुभकामना दिँदै क्लबको भवन निर्माणमा सहयोग गर्ने र युवाहरूलाई प्रोत्साहन गर्न सरकार प्रतिवद्ध रहेको घोषणा गरे।
रोटरी क्लब अफ तुलसीपुर सिटीका निवर्तमान अध्यक्ष बिनिल केसीले आफ्नो कार्यकालमा स्टेसनरी वितरण, ह्विलचियर सहयोग र स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यहरू सम्पन्न भएको जानकारी गराए।
रोटरियन प्रेम कुमार शर्माले आगामी दिनमा १० वटा ह्विलचियर र कम्प्युटर ल्याब स्थापना गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पूर्व अध्यक्ष बिमल रिजाल,वीर बहादुर रावत, ललित घर्ती, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लगायतले क्लबले समुदायमा पुर्याएको योगदान र सामाजिक उत्तरदायित्वको चर्चा गर्दै नयाँ नेतृत्वलाई सफलताको शुभकामना व्यक्त गरे।
पदस्थान्तरण कार्यक्रम रोटट्रयाक क्लब अफ तुलसीपुर वर्ष २०२४ का अध्यक्ष किरण पुनले वर्ष २०२५ का अध्यक्ष आकाश सिंहलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष बिनिल केसीले नव अध्यक्ष सन्दीपन रिजाललाई पद हस्तान्तरण गरे। दुवै अध्यक्षहरूले पद हस्तान्तरणपछि आफ्ना नयाँ कार्यसमितिका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस