दाङ, २८ असार। दाङको तुलसीपुरमा दिदीबहिनी कलेक्सन सञ्चालनमा आएको छ। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित रजौरामा उक्त कलेक्सन सञ्चालनमा आएको हो।
महिला अधिकारकर्मी तथा नेतृ सुष्मा लामिछाने गिरी सहित चार जनाको संयुक्त लगानीमा उक्त कलेक्सन सञ्चालनमा ल्याइएको हो ।
गिरिसहित सुष्मा आचार्य, सुनिता लामिछाने र पुष्पा कार्कीको करिब १० लाख रुपैयाँ लगानीमा पसल संचालन गरिएको सञ्चालक जानकारी दिइन्।
गोलौरा, रजेना, कपडादेवी, गौरीगाउँ, बनगाउँ, चैलाही लगायत आसपासका बस्तीका नागरिकलाई सेवा दिने उद्देश्यले तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा यो पसल सञ्चालन गरिएको हो।
गाउँतिरका ग्राहकको आवश्यकता र इच्छालाई परिपूर्ति गर्दै रोजगारीका अवसर सिर्जना गर्ने र ग्राहकको चोइस तथा सन्तुष्टिलाई प्राथमिकतामा राखिने सञ्चालक गिरीले बताइन्।
पसलमा महिलाहरूका लागि आवश्यक विभिन्न डिजाइनका कपडाहरू सुलभ तथा सुपथ मूल्यमा पाइने उनले जानकारी दिइन्।
उनका अनुसार निकट भविष्यमा दिदीबहिनी कलेक्सनलाई होलसेल पसलको रूपमा विस्तार गर्ने लक्ष्य रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस