after_navbar

हुम्लाको विमानस्थलमा एकैदिन १६४ उडान-अवतरण


असार २८, २०८२


हुम्ला, २८ असार। सिमकोट विमानस्थल पुनः चलायमान बनेको छ। शुक्रबार मात्रै विमानस्थलमा १६४ उडान–अवतरण भएका छन्।

कोरोना महामारीपछि प्रायः सुनसानजस्तै देखिने यो विमानस्थलमा शुक्रवार यति ठूलो संख्यामा उडान भएका सिमकोट नागरिक उड्डयन कार्यालय हुम्लाले जनाएको छ।

नेपालगञ्जबाट ३२ फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ फ्लाइट भएका छन् भने सिमकोट विमानस्थलबाट हिल्सा नाका जोड्ने हेलिकप्टरका ५० उडान गरी कुल १६४ फ्लाइट मुभमेन्ट भएको कार्यालय प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

उत्तरी हिल्सा नाका खुलेसँगै भारतीय तीर्थयात्रीहरु कैलाश मानसरोवर दर्शनका लागि आउने क्रम बढेपछि विमानस्थल अत्यन्त व्यस्त बनेको प्रमुख सिंहले बताए।

शुक्रबार मात्रै सीता एयरले १० वटा, तारा एयरले ७ वटा, समिट एयरले १४ वटा र नेपाल एयरलाइन्सले १ वटा उडान सञ्चालन गरेका थिए।

सिमकोट विमानस्थलमा हाल नेपालगञ्जबाट सीता एयरका २, तारा एयरका २ र समिट एयरका ४ जहाजले नियमित उडान भर्दै आएका छन्।

भारतीय तीर्थयात्रीहरुलाई सिमकोटबाट हिल्सा नाका ओसारपसार गर्न ५ वटा हेलिकप्टर सक्रिय छन्।

कोरोना महामारीपछिको यो अहिलेसम्मकै धेरै उडान–अवतरण भएको नागरिक उड्डयन कार्यालयले जनाएको छ।

०८१ साल चैत ४ गतेदेखि हालसम्म सिमकोट हुँदै कैलाश मानसरोवर पुग्ने भारतीय तीर्थयात्रीको संख्या उल्लेख्य रूपमा बढेको छ। यसबीच ६२२ महिला र ६४९ पुरुष गरी १,२७१ जना भारतीय तीर्थयात्रीले कैलाश मानसरोवरको दर्शन गरेका छन्।

सिमकोट विमानस्थल सुरक्षा गार्डका अनुसार अन्य मुलुकबाट पनि ७० जना महिला र ७९ जना पुरुष यहाँ भित्रिएका छन्।

हाल सिमकोट विमानस्थलमै सिम्रिक एयर, प्रभु हेलिकप्टर, माउन्टेन एयर, कैलाश एयर र फिस्टेल एयरका हेलिकप्टर तैनाथ छन्। ती ५ हेलिकप्टरबाट हालसम्म एक हजार एक सय ८८ तीर्थयात्रीको आवागमन भएको छ। तीमध्ये एक हजार ६० जना भारतीय (५५५ पुरुष र ५०५ महिला) र अन्य मुलुकका एक सय २८ जना (५६ पुरुष र ७२ महिला) रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="