after_navbar

तुलसीपुरमा बलात्कार आरोपमा युवक पक्राउ


असार २८, २०८२


दाङ, २८ असार। बलात्कारको आरोपमा तुलसीपुरमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका–११ का ३५ वर्षीय बीर बहादुर वली रहेका छन्। उनी हाल तुलसीपुरमा बस्दै आएका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार २०८१ साल वैशाख १४ गते राति ११ बजे एक २८ वर्षीया महिलामाथि बलात्कार गरेको अभियोगमा वलीलाई पक्राउ गरिएको हो।

महिलाले प्रहरीमा जाहेरी दिएको आधारमा वलीलाई आज बिहान नियन्त्रणमा लिइएको प्रहरी निरीक्षकको भनाइ छ।

यस विषयमा इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

“कतिपय घटनामा प्रेम सम्बन्ध, आर्थिक लेनदेन र जबर्जस्ती जस्ता विषय एकसाथ आउँछन्। हामीले पक्राउ गरेर अनुसन्धान गर्दै छौं। के सत्य हो, त्यसको टुंगो अनुसन्धानले लगाउनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="