after_navbar

सुरक्षित तुलसीपुरका लागि माछापुच्छ्रे बैंकको सहयोग


असार २, २०८२


दाङ, २९ असार । माछापुच्छ्रे बैंक तुलसीपुर शाखाले ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानका लागि ५० हजार रुपैयाँको चेक सहयोग गरेको छ।

ad

आइतबार आयोजित कार्यक्रममा बैंकका तुलसीपुर शाखा प्रमुख ललित भाटले ५० हजार रुपैयाँ तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीलाई हस्तान्तरण गरेका छन् ।

शाखा प्रमुख भाटले प्रविधिमैत्री र सुरक्षित तुलसीपुर निर्माणमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए। उनले सुरक्षित वातावरण बैंक तथा वित्तीय संस्थाका लागि अपरिहार्य भएकाले अभियान सफल हुने विश्वास व्यक्त गरे।

संघका अध्यक्ष केसीले हाल मुख्य बजार क्षेत्रमा सीसी टिभी क्यामरा जडान तीव्र गतिमा भइरहेको बताए। उनका अनुसार आगामी साउनको अन्तिमसम्ममा नगरका मुख्य क्षेत्रहरूमा ३४ वटा क्यामरा जडान गर्ने लक्ष्य छ।

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष गोपाल शर्मा भट्टराईले अभियानलाई सञ्चारमाध्यमले निरन्तर साथ दिने प्रतिबद्धता जनाए। हालसम्म २१ वटा वित्तीय संस्थाले अभियानमा सहकार्य गरिरहेका छन्।

कार्यक्रम संघका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष देवबहादुर केसीले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="