after_navbar

हावाहुरीका कारण विद्युत अवरुद्ध


असार ३०, २०८२


गुल्मी, ३० असार। आइतबार रातिदेखिको हावाहुरीका कारण गुल्मी जिल्लाका अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। कपिलवस्तुको मोतिपुर नजिक रहेको १३२ केभी प्रसारण लाइनको टावरमा क्षति पुग्दा गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा प्रभावित भएको हो।

ad

नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा पूर्ण रूपमा बन्द भएको हो। विद्युत अवरुद्ध हुँदा प्रशासनिक सेवा, सञ्चार, उद्योगधन्दा, घरायसी कार्यलगायत सर्वसाधारणको दैनिक जीवनमा प्रभाव परेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="