after_navbar

बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु ,एकजना बेपत्ता


असार ३०, २०८२


दाङ,३० असार । पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका एक किशोरको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता छन्। बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै बबई नदीमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता भएकामध्ये तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय बिधान केसीको शव फेला परेको छ भने १६ वर्षीय कुशल बुढामगरको खोजी भइरहेको प्रहरीले बताएको छ। साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको इलाका प्रहरी कार्यालय हापुरेका प्रहरी प्रमुख देव केसीले जानकारी गराए।

सब पोस्टमार्टमका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल मा लग्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="