after_navbar

बबईमा डुबेर दुई किशोरको मृत्यु : बिधानलाई बचाउन नदीमा पसेका थिए कुशल


असार ३०, २०८२


दाङ, ३० असार। पश्चिम दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरको ज्यान गएको छ। तुलसीपुर उपमहानगरपालिका–७ का १७ वर्षीय बिधान केसी र उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगरको सोमबार दिउँसो डुबेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय खितलपुरका इन्स्पेक्टर खिम बहादुर खड्काका अनुसार उनीहरू ६ जनाको समूहमा घुमफिरका लागि पुरन्धारा छहरा पुगेका थिए। सोही क्रममा दिउँसो करिब २ बजेतिर बिधान नदीमा नुहाउन पसेका थिए। पानीको बहाव तेज भएका कारण उनी बग्न थालेपछि साथीलाई बचाउन कुशल पनि नदीमा हाम फालेका थिए। तर, दुबै जना डुबेर बेपत्ता भए।

खोजीपछि उनीहरूको शव घटनास्थलदेखि केही मिटर तल फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर पठाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="