after_navbar

बिद्युत मर्मतका क्रममा करेन्ट लागेर युवकको मृत्यु


असार ३०, २०८२


जाजरकोट,३० असार । विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका–४, गुवारा क्षेत्रमा बिद्युत मर्मतका क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो।

रुकुम पश्चिम ११ घर भइ हाल जाजरकोट नलगाड–७ मा बसोबास गर्दै आएका १९ वर्षीय शिशिर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार चन्द बिद्युत मर्मत गर्न गएका थिए। मर्मतका क्रममा उनी पोलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। उनी सोमबार बिहान पोलमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनको घटनास्थलमै उनको मृत्यु भएको पुष्टि भएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="