काठमाडौं, ३१ असार। अमेरिकाको लुजियाना राज्यमा कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
प्राप्त जानकारीअनुसार लुजियाना राज्यस्थित युनिभर्सिटी अफ लुजियाना मा अध्ययनरत दाङका २० वर्षीय रोजिन ओली र २२ वर्षीय राजन यादवको उक्त दुर्घटनामा निधन भएको हो। राजन यादवको स्थायी ठेगाना भने खुल्न बाँकी रहेको जनाइएको छ।
दुर्घटना कहिले र कसरी भएको भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी भए पनि घटनाले अमेरिकामा रहेका नेपाली समुदायमा गहिरो शोक छाएको छ।
लुजियाना राज्यका नेपाली समुदायसहित विभिन्न संघ–संस्थाहरूले घटनाबारे थप जानकारी लिन र पीडित परिवारलाई आवश्यक सहयोग गर्न अपिल गरेका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस