काठमाडौँ ,३१ असार। राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएकी छन्।
नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेकी न्यौपानेलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्री पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा न्यौपानेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी पाएको उल्लेख छ।
आज मंगलबार बिहान राजकुमार गुप्ताले मन्त्री पदबाट राजीनामा दिएपछि रिक्त पदमा न्यौपाने नियुक्त भएकी हुन्।
न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन्। राष्ट्रिय सभा सदस्यको रूपमा उनको कार्यकाल आगामी २० फागुनसम्म रहनेछ।
हेर्नुहोस विज्ञप्ति:
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस