after_navbar

काठमाडौं जाँदै गरेको ट्रक सिमलतालमा दुर्घटना


श्रावण ०१, २०८२


काठमाडौं, ३२ साउन। मुग्लिन–नारायणघाट सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा भारतबाट काठमाडौंतर्फ जादै गरेको एक मिनी ट्रक दुर्घटना भएको छ।

यूपी ३२ जेडएन ७८८३ नम्बरको उक्त ट्रक चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा सडकबाट करिब ७०–८० मिटर तल त्रिशूली नदीको किनारमा खसेको हो। राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका एसपी नरेशराज सुवेदीका अनुसार दुर्घटना गएराति १०:२५ बजे भएको थियो।

मेवा लोड गरेको ट्रक आफैं अनियन्त्रित भई खसेको बताइएको छ। ट्रकका चालक भारत लखनउका २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह दुवै जना सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाले सडकमा कुनै अवरोध सिर्जना नगरेको र ट्रक अहिले पनि त्रिशूली नदीको किनारमै रहेको एसपी सुवेदीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="