after_navbar

एउटै घरमा २३ वटा गोमन सर्प !


श्रावण ०१, २०८२


रुपन्देही,३२ साउन। रुपन्देहीमा विषालु गोमन सर्पको बिगबिगी देखिएको छ। तिलोत्तमा नगरपालिका–५ प्रेमनगर, बुटवल ११ देवसिद्धचोक र देवदह नगरपालिका ८ टटेराका विभिन्न घरहरूमा यत्रा विषालु गोमन सर्पहरू भेटिएका छन्।

तिलोत्तमा प्रेमनगरका डिलाराम अर्यालको घरमा खाना पकाउँदै गर्दा उनलाई सर्पले डसेर अस्पताल भर्ना भएको थियो। घटनापछि घरमा सर्प खोजतलास गर्दा तीन दिनको अवधिमा २३ वटा गोमन सर्प फेला परेका थिए। भान्सा कोठामा केही भाग फुटेको देखिएपछि सर्प उद्धारकर्तालाई बोलाएर हेरियो। पहिलो दिन ५ वटा सर्प फेला परेपछि दोस्रो दिन थप १२ वटा सर्प भेटिए। तेस्रो दिन पनि ६ वटा थपेर कुल २३ वटा गोमन सर्पलाई उद्धारकर्ताले समेटेर जंगलमा पुर्‍याएर छाडे।

यसको केही समयपछि बुटवल ११ देवसिद्धचोकका शान्ति घिमिरेको घरमा एकै दिन ८ वटा गोमन सर्प भेटिए। त्यहाँ पनि सर्प उद्धारकर्ता विशाल पाण्डे र उनका टिमले सर्पलाई समेटेर जंगलमा लगेर छाडेका छन्।

यस घटनाले सर्प बासस्थानको अभावका कारण घरघरमा सर्पको आगमन बढिरहेको संकेत गरेको छ। विशाल पाण्डे अनुसार, “विगतमा वन जंगल भएका स्थानहरू अब आवासीय क्षेत्र बनेका छन्, जसका कारण सर्पहरूको बासस्थान नष्ट भएको छ र उनीहरू अब घर–घर आउन थालेका छन्।”

यस घटनाको क्रममा तिलोत्तमा १ का विशाल पाण्डे र उनका टिमले सबै सर्पहरूलाई उद्धार गरी सुरक्षित स्थानमा छाडेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="