after_navbar

एक लाख घुससहित मेयर साह पक्राउ


श्रावण ०१, २०८२


काठमाडौं, ३२ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले बुधबार मेयर साहलाई कार्यालयमै घुस रकम बुझ्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। आयोग स्रोतका अनुसार उनले उपभोक्ता समितिबाट गैरकानुनी रूपमा रकम लिँदै गरेको सूचनाका आधारमा निगरानी राखिएको थियो।

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर साह अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए।

हाल उनलाई थप अनुसन्धानका लागि अख्तियारको कार्यालयमा राखिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="