after_navbar

तीन महिनामा ९३ जनाको मृत्युः२२ जना अँझै बेपत्ता


श्रावण ०२, २०८२


काठमाडौँ,१ साउन । मुलुकभर भएका विभिन्न विपद्जन्य घटना घटेका छन् । यसवर्षको वैशाख देखि असारसम्मको तीन महिनाको अवधिमा ९३ जनाको विपद्जन्य घटनामा परेर मृत्यु भएको छ । २२ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा मुलुकभर दुई हजार ६५ वटा प्राकृतिक विपद् घटना घटेका छन्।

प्राधिकरणका प्रवक्ता सुरेश सुनारका अनुसार, विभिन्न विपद् घटनामा परेर ४ सय ४५ जना घाइते भएका छन् भने ४ हजार १ सय ३६ परिवार प्रभावित भएका छन्। यो अवधिमा सबैभन्दा धेरै मृत्यु चट्याङबाट भएको हो। उनका अनुसार २६ जनाले चट्याङको कारण ज्यान गुमाएका छन्।

त्यस्तै, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२, र लेक लागेर ११ जनाको मृत्यु भएको छ। बाढीका १३ वटा घटनामा २२ जना बेपत्ता र १३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

बाढीबाट मात्रै १ हजार २४६ परिवार प्रभावित भएका छन्, भने आगलागीले १ हजार ४८ परिवारलाई असर गरेको छ। केही दिनअघि, रसुवा जिल्लाको भोटेकोशीमा असार २४ गते आएको बाढीले सबैभन्दा धेरै क्षति पुर्‍याएको थियो।

उक्त बाढीको कारण माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोट भएको प्राधिकरणले जनाएको छ।

यस्तै, पहिरो, भारी वर्षा, सर्पदंश, हावाहुरी, र वन डढेलोजस्ता अन्य प्राकृतिक घटनाबाट पनि सयौँ परिवार प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="