after_navbar

उच्च अदालतका न्यायाधीश लम्सालको राजीनामा


श्रावण ०३, २०८२


काठमाडौं,२ साउन । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

सर्वोच्च अदालतका सहरजिस्ट्रार अच्युत कुइँकेलका अनुसार लम्सालले स्वास्थ्य र पारिवारिक कारण देखाउँदै शुक्रबारबाट लागू हुने गरी राजीनामा बुझाएका हुन्।

६२ वर्षीय लम्साल हाल उच्च अदालत विराटनगरको अस्थायी इजलास ओखलढुंगामा कार्यरत थिए। उनी २०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए।

अवकाश लिन अझै एक वर्ष बाँकी रहे पनि उनले समयअगावै राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="