after_navbar

बंगलाचुलीमा लठ्ठी प्रहार गरी श्रीमतीको हत्या


श्रावण ०३, २०८२


दाङ, २साउन । दाङको बङ्गलाचुलीमा श्रीमानको लठ्ठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका वडा नम्बर ४ जुम्लेपानीमा घरायसी झगडाका कारण विवाद हुँदा श्रीमानले श्रीमतीको ज्यान लिएका हुन् । मादक पदार्थ सेवनपछि भएको विवादका क्रममा जागेश्वर पुनले आफ्नै श्रीमती ५० वर्षीया गोमा पुनको लठ्ठी प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार राति करिब १० बजे घरायसी विवाद चर्किएपछि ३८ वर्षीय पुनले लठ्ठीले आक्रमण गर्दा गम्भीर घाइते भएकी गोमाको घटनास्थलमै ज्यान गएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूबीच लामो समयदेखि घरेलु झगडा हुँदै आएको र पछिल्लो समय मादक पदार्थको सेवनपछि झगडाले उग्र रूप लिने गरेको प्रहरीले जनाएको छ। “श्रीमान् लगातार रक्सी सेवन गर्थे, दुवैबीच सधैं विवाद चल्थ्यो,” एक स्थानीय बासिन्दाले बताए।

घटनापछि प्रहरी चौकी कमिरेचौरबाट खटिएको टोलीले जागेश्वर पुनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="