after_navbar

ब्रेक फेल हुँदा बस दुर्घटना: २३ जना घाइते


श्रावण ०४, २०८२


काठमाडौं , ३ साउन । बस दुर्घटना हुदा २३ यात्रु घाइते भएका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा शनिबार दिउँसो भएको बस दुर्घटनामा २३ जना यात्रु घाइते भएका हुन् ।

रामेछापबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भएर भित्तामा ठोक्किँदा दुर्घटना भएको हो।

बसमा ३२ जना सवारमध्ये २३ जना यात्रु घाइते भएको काभ्रे प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार ब्रेक फेल भएको कारणले दुर्घटना भएको प्रारम्भिक निस्कर्षमा प्रहरी पुगेको छ।

घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र उनीहरूलाई नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="