धनगढी, ३ साउन । धनगढीमा एक पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका –१४ फूलवारीमा एक हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार ३५ वर्षीय गणेश गिरीको शव खाल्डोबाट निकालेको हो। उनी असार ३० गतेदेखि बेपत्ता थिए।
प्रारम्भिक अनुसन्धान अनुसार एयरफोनको विषयमा भएको विवादका क्रममा १८ वर्षीय भान्जा प्रदीप बोहराले कुटपिट गर्दा गणेशको मृत्यु भएको थियो।
मृत्युपछि परिवारले प्रहरीलाई जानकारी नगराई शवको दाहसंस्कार गरी खाल्डोमा गाडेको खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका भान्जा प्रदीप बोहरा र ३३ वर्षीय भाइ पदम गिरीलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस