after_navbar

मदिरा सेवनपछि एकआपसमा झगडा गर्दा दुईजना घाइते


श्रावण ०५, २०८२


दाङ,४ साउन । दाङमा मदिरा सेवन गरेर एकआपसमा झगडा गर्दा दुईजना घाइते भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ११ गैरामा मदिरा सेवनपछि सामान्य विवाद झगडामा परिणत भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

शनिबार राती साढे ९ बजे आपसमा झगडा हुँदा २६ वर्षीय खिमबहादुर गिरी र २२ वर्षीय लक्ष्मण बिकको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घाइते दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। प्रहरीले दिएको जानकारी अनुसार घाइते दुबैको अवस्था मध्यम छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी उरहरीबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) एकबहादुर खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले झगडाको कारण र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="