after_navbar

प्रधानमन्त्री ओलीको भारत भ्रमण तय


श्रावण ०५, २०८२


काठमाडौँ,४ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जान लागेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छोटो तालिकासहित भ्रमणका लागि निमन्त्रणा पठाएसँगै नेपाल सरकार भ्रमण तयारीको अन्तिम चरणमा पुगेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमण पूर्वानुमानित थियो र अहिले मिति र द्विपक्षीय एजेन्डा टुंग्याउने तयारीमा छलफल भइरहेको छ। “प्रधानमन्त्रीको भारत भ्रमण अपेक्षित थियो। उहाँका भारतीय समकक्षीबाट निमन्त्रणा प्राप्त भएसँगै हामीले यसलाई अन्तिम रूप दिँदैछौँ,” प्रवक्ता क्षेत्रीले जानकारी दिए।

भारत सरकारबाट औपचारिक निमन्त्रणा आएपछि भ्रमणको सम्भावित मिति भदौको अन्तिम साता हुने अनुमान गरिएको छ। यद्यपि भ्रमणको ठोस मिति र छलफल हुने विषयवस्तु सार्वजनिक भइसकेको छैन।

प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भएको यो पहिलोपटक हो। करिब १४ महिनाअघि प्रधानमन्त्री बनेका ओलीले यसअघि भारत भ्रमणको प्रयास गरे पनि सफल हुन सकेका थिएनन्। यसबीचमा उनले चीनको औपचारिक भ्रमण पूरा गरिसकेका छन् भने अन्य अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा भारतीय समकक्षी मोदीसँग भेटघाट गरिसकेका छन्।

नेपाल–भारत सम्बन्ध सुदृढ बनाउने उद्देश्यले हुन लागेको यो भ्रमणमा व्यापार, पारवहन, ऊर्जा, सुरक्षा र सीमा विषयमा द्विपक्षीय छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="