दाङ, ४ साउन । रुखबाट लडेर दाङको तुलसीपुरमा एक महिला घाइते भएकी छन्। तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा रुखबाट लडेर उनी घाइते भएकी हुन्।
आइतबार दिउँसो करिब २ बजे घाँस काट्ने क्रममा दमारगाउँ निवासी ४० वर्षीया गायत्री भण्डारी जनकल्याण सामुदायिक बनमा धौटि जातको रुखमा चढेर घाँस काट्दै थिइन्। अचानक रुखबाट करिब पाँच मिटर तल खस्दा उनको ढाडमा चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनापछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुर्याइएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेज बाँके रिफर गरिएको प्रहरीले जनाएको छ।
घटनाको जानकारीपछि इलाका प्रहरी पोस्ट दमारगाउँबाट प्रहरी सहायक निरीक्षक पाराश्वर डाँगीको कमाण्डमा दुई जनाको प्रहरी टोली खटिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस