after_navbar

काठमाडौँ जाँदै गरेको कारमाथि ढुङ्गा खस्यो: तीनजना घाइते


श्रावण ०५, २०८२


चितवन,४ साउन । काठमाडौँतर्फ जाँदै गरेको कारमाथि ढुंगा खस्दा कारमा सवार तीनजना घाइते भएका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डमा ढुङ्गा खस्दा तीन जना भारतीय नागरिक घाइते भएका हुन् ।

आइतबार दिउँसो इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा माथिबाट खसेको ढुङ्गा भारतीय नम्बर प्लेट (युपी ८० जिपी २९२८) भएको कारमा खस्दा गाडीमा सवार तीन जना घाइते भएका हुन्।

घाइतेहरूमा भारतको आग्रहका ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र हितेन्द्र यादव रहेका छन्। तीनै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए।

उनीहरू भारतबाट काठमाडौंतर्फ जाँदै थिए। घाइतेहरूको मुग्लिनस्थित एक स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ढुङ्गा खस्दा कारको अगाडिको भागमा क्षति पुगेको छ।

फोटो:साभार

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="