after_navbar

गतेखोलामा ट्याक्टर र अटो ठोकिँदा चारजना घाइते


श्रावण ०५, २०८२


दाङ,४ साउन । ट्याक्टर र अटो एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन्।

ad

तुलसीपुर उपमहानगरपालिका–८, गतेखोला पुल नजिक आइतबार दिउँसो ट्याक्टर र अटो आपसमा ठोक्किँदा चार जना घाइते भएका हुन् ।

दिउँसो करिब पौने ४ बजेतिर पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको लु.प्र.०२–००१ त ००९३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो।

सो क्रममा विपरीत दिशाबाट आउँदै गरेको रा १ ह ७५०० नम्बरको अटोको अगाडिको भागमा ट्याक्टरको ट्रली ठोक्किँदा अटोमा सवार यात्रुहरू घाइते भएका हुन्।

दुर्घटनामा अटो चालक तुलसीपुर–२, बालापुरका ३८ वर्षीय भीमबहादुर ठाडा मगर , भमके बस्ने १८ वर्षीया मनिषा योगी, सोही ठाउँ बस्ने ३८ वर्षीया देवी शर्मा र २९ वर्षीया कल्पना केसी (धिताल) घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइते चारैजनाको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालक तुलसीपुर उपमहानगरपालिका १७ दूधरासका २९ वर्षीय राजेश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="