after_navbar

पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर १७ वर्षीय सिर्जना घाइते


श्रावण ०५, २०८२


दाङ, ४ साउन । दाङमा पाउरोटी उद्योगमा काम गर्ने क्रममा तेलले जलेर एक किशोरी घाइते भएकी छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित ममता पाउरोटी उद्योगमा कार्यरत एक किशोरी तातो तेलले जली घाइते भएकी हुन् ।

ममता पाउरोटी उद्योगमा काम गर्ने तुलसीपुर–१८ निवासी १७ वर्षीया सिर्जना सुनार आइतबार साँझ करिब ५ बजे काम गर्ने क्रममा गम्भीर घाइते भएकी हुन्।

तातो तेलको कराइ निकाल्ने क्रममा हातबाट कराई छुटेर खुट्टा र ढाडमा तेल खस्दा उनी जलेर घाइते भएकी हुन् ।

घाइते सुनारको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ। उनी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत रहेको प्रहरीले जनाएको छ।

सुनारको उपचारमा उद्योगका सञ्चालक रैबहादुर पुन र समीक्षा विक संलग्न रहेका छन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय विजौरीबाट प्रहरी नायब निरीक्षक भरत वलीको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="