after_navbar

कारागारभित्रै कैदीबन्दीबीच कुटाकुट, १३ जना घाइते


श्रावण ०५, २०८२


काठमाडौं,४ साउन । कारागारभित्र कैदिबन्दीहरुबिच आपसमा कुटाकुट भएको छ। सिरहा नगरपालिका स्थित जिल्ला कारागारभित्र आइतबार दिउँसो कैदीबन्दीहरूबीच आपसमा कुटाकुट हुँदा १३ जना घाइते भएका छन्।

साँझ करिब ४ बजेतिर कारागारभित्र दुई पक्षबीच कुटाकुट हुँदा दुबै पक्षका गरी १३ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए।

घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको उनले बताए।

घटनापछि कारागार प्रशासन, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूको टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।

कारागारमा क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी राखिएको र त्यहाँ अवैध कारोबार भइरहेको आशंकामा शनिबार बिहान जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षा निकायले कैदीबन्दी बस्ने कोठाहरूमा सर्च अपरेसन गरेको थियो।

सर्च अपरेसनको भोलिपल्टै कुटाकुटको घटना भएको हो।

घटनाबारे कारागार प्रशासनले औपचारिक रूपमा टिप्पणी गरेको छैन भने कारागार प्रमुख सुबोध महतोले घटनाबारे जानकारी दिन चाहेका छैनन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="