काठमाडौं,५ साउन । देशभर परेको लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण विभिन्न छवटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, तमोर–कोरिडोर सडक खण्ड, नवलपरासी पूर्वको कालिगण्डकी करिडोर, रोल्पाको सहिद राजमार्ग र रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर सडक खण्ड पूर्णरूपमा अवरुद्ध छन्।
यस्तै, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, बाग्लुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालिगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग भने एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले पहिरोका कारण अवरुद्ध सडकखण्ड खुलाउने प्रयास जारी रहेको जनाएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी काम भइरहेको छ। यात्रु तथा सवारी चालकहरूलाई जोखिमयुक्त क्षेत्रहरूमा यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस