after_navbar

भेरी नदीना टिप्पर खस्दा तीनजना बेपत्ता


श्रावण ०८, २०८२


जाजरकोट, ७ साउन । जाजरकोटमा टिप्पर भेरी नदीमा खस्दा तीनजना बेपत्ता भएका छन् । निर्माण सामग्री बोकेको एक टिपर भेरी नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन् ।

जाजरकोटको नलगाड नगरपालिका अन्तर्गतको दल्लीबाट रुकुमपश्चिमको रिम्नातर्फ जाँदै गरेको यती बिल्डर्सको रा १ क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४, पिपलचौरस्थित भेरी नदीमा खसेको हो।

इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार थिए। उनीहरू तीनै जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको बताइएको छ।

घटनापछि रुकुमपश्चिम र जाजरकोटबाट प्रहरी टोली खटाइएको छ। तर भेरी नदीमा पानीको बहाव तीव्र भएकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

हालसम्म बेपत्ता व्यक्तिहरूको नाम र ठेगाना खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="