काठमाडौँ, ७ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र गुट नचलाउन कडा चेतावनी दिएकी छन्। एमाले केन्द्रीय कमिटी बैठककै बीचमा उनले संस्थापनका नाममा गुट बनाएर धम्की, त्रास र कारबाहीको राजनीति बन्द गर्न आग्रह गरिन्।
भण्डारीले भनिन्, ‘‘म किरातकी छोरी हुँ, खुट्टा कमाउँदिनँ’ पार्टीले पार्टी चलाउने हो, गुट चलाउन मिल्दैन। मैले राष्ट्रपतिको जिम्मेवारी नलिएको भए दसौं महाधिवेशनमै अध्यक्ष हुन्थें।’
उनले ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधान लागू गर्नुपर्ने भन्दै ओलीको फेरि अध्यक्ष बन्ने प्रयास अस्वीकार्य भएको संकेत दिइन्। पार्टीभित्र सबैलाई बोल्न पाउने र नेतृत्वमा आउन पाउने अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ थियो।
भण्डारीले विगतका सहमतिहरू उल्लंघन भएको भन्दै अहिलेको नेतृत्व शैलीप्रति असन्तुष्टि जनाएकी हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस