काठमाडौ,७ साउन । देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ, जसका कारण वर्षा गतिविधि पनि तुलनात्मक रूपमा कम भएको हो।
आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली हुने मौसमको पूर्वानुमान गरिएको छ भने बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। यिनै प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
राति पनि कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा साधारणतया बदली रहने र अन्य भू-भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
बुलेटिन अनुसार कोशी प्रदेशका पहाडी तथा तराई भू-भाग र मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। यस्तो अवस्थामा ती क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस