after_navbar

बाजुरामा जीप दुर्घटना, दुई जनाको मृत्यु


श्रावण ०, २०८२


बाजुरा, ८ साउन। बाजुराको हिमाली गाउँपालिका–५ क्युडीमा बिहीबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी क्युडीका ७६ वर्षीया विजा रोकाया र ७५ वर्षीय वाचा रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकारी दिए।

ad

उनका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि क्युडीबाट वडा कार्यालयतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज.०३३८ नम्बरको जीप टुनीगडामा दुर्घटनाग्रस्त भएको हो।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार यात्रु संख्या धेरै भएको र कच्ची सडकमा अनियन्त्रित भई जीप दुर्घटना भएको हो।

दुर्घटनामा अन्य १५ जना यात्रु घाइते भएका छन्। घाइतेहरूको उद्धारका लागि हिमाली गाउँपालिकाले एम्बुलेन्ससहित स्वास्थ्यकर्मी घटनास्थल पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="