after_navbar

दिदीबहिनी एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला


श्रावण ०, २०८२


काठमाडौं,८ साउन । मध्यपुर थिमि नगरपालिका–९ सिन्टीटारस्थित एक डेरामा बस्ने दुई किशोरी मृतावस्थामा फेला परेका छन्।

ad

प्रहरीका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–८ घर भई हाल स्थानीय निरज चक्रधरको घरको भुइँ तलामा डेरा गरी बस्दै आएका १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सिर्जना कँडेल सोही घरको प्यासेजमा एउटै डोरीले झुन्डिएको अवस्थामा बिहीबार बिहान फेला परेका हुन्।

दुवै किशोरी दिदीबहिनी रहेको प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार उनीहरू दुई साता अघि मात्र उक्त डेरामा बस्न आएका थिए।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृतक दिदीबहिनी घरबाट भागेर आएको खुल्न आएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र उनीहरूका आफन्तसमक्ष मुचुल्का गरिने ढुङ्गानाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="