सल्यान , ८ साउन । सल्यानमा हाइस गाडी दुर्घटना भएको छ । बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको १ ख ३९९६ नम्वरको हाईस गाडी सल्यानको कुमाख गाउँपालिका २ नेटा नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको हो । स्थानीयका अनुसार गाडी चालक पारस आचार्य सहित करिब एक दर्जन यात्रुहरु घाईते भएका छन् । घाईते मध्य केहिको अवस्था गम्भिर रहेको छ ।
ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबर लगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ गएको जान्कारी दिए ।
दुर्घटनाको पुरा विवरण आउन बाँकि रहेको छ । अहिले स्थानीयले घाईतेको उद्धार गरिरहेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस