काठमाडौँ,९ साउन । सरकारले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राजपत्रमा सूचना प्रकाशित भएको मितिदेखि लागू हुनेगरी सो निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै भने, “मौसमी संकटका कारण मधेशमा जनजीवन प्रभावित बनेको छ। खेतबारी सुक्खा भएका छन् भने करिब १५ प्रतिशत घरधुरीमा खानेपानीको अभाव देखिएको छ।”
उनका अनुसार संकट समाधानका लागि सरकारले तत्काल खानेपानी आपूर्ति तथा अन्य राहत उपाय अघि बढाउने छ।
मन्त्री गुरुङले मधेशको समृद्धि बिना नेपालको समृद्धि अपुरो रहने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने बताए। साथै, वातावरण संरक्षणसँगै समृद्धिको सन्तुलन आवश्यक रहेको धारणा राखे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस