कैलाली,९ साउन । कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही स्थानका २६ वर्षीय राजु चौधरी र २३ वर्षीय चन्द्रबहादुर चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनीहरूलाई गए राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार राजु चौधरीको घर तलासी गर्दा १ थान भरुवा बन्दुक, चित्तलको सिङ, चित्तलको खुट्टाको आधा भाग फेला परेको छ। त्यस्तै, चन्द्रबहादुरको घर तलासी गर्दा पनि १ थान भरुवा बन्दुक बरामद भएको हो।
दुवैजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस