काठमाडौं ,१० साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले आफ्नै मन्त्रिपरिषद्मा रहेका चार जना मन्त्रीलाई पदमुक्त गरेका छन् ।
पदमुक्त हुनेमा आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन रहेका छन्।
मुख्यमन्त्री लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पत्राचार गर्दै नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार उनीहरूलाई पदमुक्त गरिएको जानकारी गराएका हुन् ।
चारै जना मन्त्रीले शुक्रबार ‘ह्वाट्सएप’ मार्फत मुख्यमन्त्रीलाई राजीनामा बुझाएका थिए। उनीहरू सबै नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी भएका थिए। राजीनामा दिएलगत्तै मुख्यमन्त्री लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली कांग्रेस संसदीय दलबाट चार मन्त्रीसहित २१ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस