after_navbar

सिटि रिक्सा चार्ज गर्ने क्रममा खंग दम्पतीको मृत्यु


श्रावण ११, २०८२



सप्तरी,१० साउन । सिटि रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर सप्तरीमा एक दम्पतीको मृत्यु भएको छ।जिल्लाको रुपनी गाउँपालिका–२, पौवामा सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर खंग दम्पतीको मृत्यु भएको हो।

ad

स्थानीय ४५ वर्षीय बालेश्वर खंग मण्डल र उनकी ४२ वर्षीया श्रीमती रामकुमारी खंगको करेन्ट लाग्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए।

उनका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्ने क्रममा सुरुमा श्रीमान् बालेश्वरलाई करेन्ट लागेको थियो। उनलाई बचाउन गएकी श्रीमती रामकुमारीलाई समेत करेन्ट लागेपछि दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="