after_navbar

आगलागी हुदा ३० वर्षीय जुनाको मृत्यु


श्रावण १२, २०८२


गुल्मी,११ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–५ वस्तुमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

ad

७० वर्षीया मनिदेवी विकको ढुङ्गा माटोले बनेको एकतले कच्ची घरमा बुधबार राति अचानक आगलागी भएको हो।

आगलागी हुदा उनकी ३० वर्षीया छोरी जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

प्रहरीका अनुसार मृतक जुना मनोसामाजिक समस्या भएकी व्यक्ति हुन् ।

आगलागी स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण भने अझै नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="