after_navbar

मुख्यमन्त्रीले गरे तीन मन्त्री नियुक्त


श्रावण १५, २०८२


हेटौंडा, १४ साउन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नेपाली कांग्रेसका पाँच जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको पाँच मन्त्रालयमध्ये तीनमा मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री लामाले जानकारी दिएका छन्।

ad

नवगठित मन्त्रिपरिषद्मा सांसद गोविन्द लम्साललाई आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सांसद माया श्रेष्ठ र गीता गुरुङलाई पनि मन्त्रीमा नियुक्त गरिएको भएपनि उनीहरूको मन्त्रालय भने तोकिएको छैन। नयाँ मन्त्रीहरूले आजै शपथग्रहण गर्ने तयारी गरिएको छ।

मुख्यमन्त्री लामा कांग्रेस संसदीय दलको नेताबाट मंगलबारमात्र विश्वास गुमाएका थिए। विश्वासको मत लिनुपर्ने प्रस्तावमा २२ सांसद विपक्षमा उभिएपछि उनी पराजित भएका थिए। लामाले पक्षमा १५ मतमात्र पाएका थिए। बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्।

संसदीय दलको नेता रिक्त भएसँगै बुधबार नयाँ नेता चयनका लागि मतदान हुने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="