दाङ, १४ साउन । दाङको घोराहीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन्। दुर्घटनामा परेर तुलसीपुर उपमहानगरपालिका–१७ निवासी ४४ वर्षीय सोबिराम कुँवर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रहरीका अनुसार कुँवरको बायाँ खुट्टामा चोट लागेको छ र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ।
घटनास्थलमा प्राप्त जानकारी अनुसार, तुलसीपुरबाट घोराहीतर्फ गइरहेको रा.४ प. ९९९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको लु.प्र.०२–००१ ख २०४ नम्बरको टिप्परले पछाडिबाट ठक्कर दिएको हो।
दुर्घटना घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुरमा बुधबार दिउँसो करिब १२ बजेतिर भएको हो।
टिप्पर चालक रोल्पा, रुन्टिगढी गाउँपालिका–५ निवासी २५ वर्षीय कुशल बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्र बहादुर शाहले जानकारी दिए।
मोटरसाइकल र टिप्पर दुबै सवारीसाधन हाल इलाका प्रहरी कार्यालय नारायणपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस