हुम्ला,१५ साउन।अज्ञात रोगका कारण हुम्लामा ३० बढी पशु मरेका छन् । एक सातादेखि फैलिएको अज्ञात रोगका कारण हुम्लाको चङ्खेली गाउँपालिका–६ को रामालेख खडिन्याखाडा खर्कमा राखिएका ३० बढी पशु मरेका हुन्।
अज्ञात रोगका कारण एक भैँसी, एक कुकुर, ६ दुहुना र अन्य नौवटा गाई तथा १४ भन्दा बढी गोरु मरेको स्थानीय हरिबहादुर जानकारी दिए । वस्तुभाउको पे र छाती सुन्निने, दिसा गर्न नसक्ने, घाँस नखाने,र्याल काड्ने जस्ता लक्षणहरु देखा परेको उनले बताए ।
गत साउन ८ गतेपछि फैलिएको रोगले अहिलेसम्म मासिधारालगायत क्षेत्रमा किसान ३० भन्दा बढी पशुवस्तु मरेपछि ठूलो क्षति पुगेको छ ।
अधिकांश पशुवस्तु जङ्गलतिर खर्क रहेकाले अन्य पशुवस्तबारे यकिन विवरण आउन बाँकी छ । खर्कमा समेत अझै एक भैँसी बिरामी भएपछि पालमा राखिएको छ भने अन्य गाईगोरुसमेत थला परेका छन् ।
अज्ञात रोगको महामारीका कारण पशुवस्तु मर्न थालेपछि खर्क क्षेत्रको जङ्गल गन्हाउने भएको छ । खर्कमा मात्रै नभई विभिन्न गाउँका खर्कमा १ सय भन्दा बढी पशुवस्तुहरु अझै बिरामी परेका स्थानीयले बताएका छन् ।
गाउँपालिकाको पशुशाखामा औषधिका लागि गए पनि त्यहाँ पशु स्वास्थ्यकर्मी नभएकाले थप समस्या भएको शाहीले गुनासो गरे ।
त्यहाँ हिउँदका लागि पशुवस्तुलाई घाँस सङ्कलन, बर्खेबालीको संरक्षण र गर्मीमा हुने रोग छल्नका लागि पशुवस्तु खर्कमा लिने प्रचलन छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस