after_navbar

सांसद छिरिङ लामाको आरोप : ‘पूर्वयुवराजको भ्लग राजतन्त्रको अपवित्र षड्यन्त्र’ (स्ट्याटस सहित)


श्रावण १७, २०८२


काठमाडौं,१६ साउन । पूर्वयुवराज हृदयन्द्र शाहले आफ्नो २३ औँ जन्मदिनको अवसरमा सार्वजनिक गरेको जुम्ला यात्रा सम्बन्धी भ्लग ‘माई ट्रिप टु जुम्ला’ सामाजिक सञ्जालमा भाइरल बनेको छ।

ad

भ्लगमार्फत जुम्लाको सौन्दर्य र हृदयन्द्रको सरल व्यवहारको प्रसंसा भइरहँदा जुम्लाबाट प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामाले भने यसलाई ‘राजतन्त्रको अपवित्र षड्यन्त्र’को संज्ञा दिँदै कडा आपत्ति जनाएकी छन्।

सांसद लामाले सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्तिमा आफूले देखेको चिन्ता स्पष्ट पार्दै भनिन्, “जुम्लामा देखिएको पूर्वयुवराजको यात्रा गणतन्त्रको उपलव्धि हो भन्ने कुरा लुकाएर, भ्लगमार्फत राजतन्त्रकालको आकर्षण प्रस्तुत गर्ने प्रयास भइरहेको छ।” उनले हृदयन्द्रको भ्लगलाई ‘सामन्ती सोच’को निरन्तरता भन्दै यसले गणतन्त्रप्रति भ्रम सिर्जना गर्ने चेतावनी दिइन्।

उनका अनुसार, जुम्लाको अहिलेको रूपान्तरण सडक, इन्टरनेट, स्वास्थ्यजस्ता सेवाको विस्तार गणतान्त्रिक व्यवस्थाकै उपलब्धि हो, जुन राजतन्त्रको पालामा सम्भव थिएन। “हृदयन्द्रका पुर्खाहरूको समयमै जुम्लालाई उपेक्षित, दरिद्र र पाछडिएको बनाइएको थियो,” उनले लेखिन्, “आज देखिएको जुम्ला गणतन्त्रको प्रतिफल हो, कुनै राजसी परिवारको उपकार होइन।”

लामाले सामाजिक सञ्जाल र मिडियामा हृदयन्द्रजस्ता पात्रको प्रशंसा हुने तर स्थानीय सिर्जनशील युवा जस्तै भ्लगर सिर्जना सिज्जु प्रति बेवास्ता हुने प्रवृत्तिप्रति गम्भीर असन्तोष व्यक्त गरिन्। उनले भनिन् -, “यति धेरै मिडियाको हेडलाइन बन्नलाई सामन्ती राजपरिवारकै हुनुपर्ने हो भने, हामीले लडेको गणतन्त्रको सार नै खतरामा पर्छ।”

उनले केही युट्युब च्यानलहरूलाई ‘राजावादी सोचको मुखपत्र’को संज्ञा दिँदै, लोकतान्त्रिक मूल्यमान्यता र जनताको शासनप्रणालीको रक्षा गर्न सबै सजग हुनुपर्नेमा जोड दिइन्।

उनको स्टाटस:

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="