after_navbar

अबदेखि लाइसेन्सको अवधि १० वर्ष


श्रावण १७, २०८२


दाङ,१६ साउन । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अवधि पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ। ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक’ राजपत्रमा प्रकाशित भएसँगै सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा रहेको पाँच वर्षे अवधि संशोधन गरी दश वर्ष बनाइएको हो।

यस व्यवस्थाबाट चालकहरूले हरेक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। राजपत्रमा प्रकाशित सूचनाअनुसार, ऐनको दफा ५४ को उपदफा (३) मा उल्लेखित ‘पाँच वर्षसम्म’ भन्ने शब्द हटाई ‘दश वर्षसम्म’ गरिएको छ। त्यस्तै, दफा ५६ को उपदफा (३) मा रहेको नवीकरणपछिको अवधिलाई जनाउने ‘पाँच वर्षसम्मको’ भन्ने शब्दलाई पनि ‘दश वर्षसम्मको’ बनाइएको हो।

नयाँ व्यवस्थाले अब जारी हुने नयाँ लाइसेन्स र नवीकरण गरिने लाइसेन्स दुवैको अवधि १० वर्ष हुनेछ। यसले यातायात कार्यालयमा हुने भीडभाड घटाउने र सेवाग्राहीलाई सहज बनाउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="