after_navbar

मोटरसाइकलको ठक्करबाट एक महिला घाइते


श्रावण १८, २०८२


दाङ,१७ साउन ।दाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१९ बासगढीस्थित कुटिचौरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिला घाइते भएकी हुन् ।

ad

शनिबार दिउँस साढे २ बजेतिर बिजौरीतर्फ जाँदै गरेको रा.५ प २६७८ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी ६५ वर्षीया गौमती रोका लाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी रोकाको दुवै खुट्टा, टाउको र छातिमा चोट लागेको छ। उनको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ।

मोटरसाइकल चालक तुलसीपुर–७ निवासी १६ वर्षीय लक्ष्मण भुसाल सामान्य घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

सवारी साधनमा पछाडि सवार १४ वर्षीय रोहित खनाललाई पनि सामान्य चोट लागेको थियो। उनलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

दुर्घटना स्थलमा प्रहरी चौकी बिजौरीका प्रमुख नायब निरीक्षक भरत वलीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="