दाङ,१७ साउन । घोराही–लमही सडकखण्ड चारदिनका लागि बन्द हुने भएको छ । मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण लमही–घोराही सडकखण्ड आगामी चार दिनका लागि बन्द गरिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङमा बसेको सर्वपक्षीय बैठकले साउन २१ गते बिहान ७ बजेदेखि २४ गते बिहान ७ बजेसम्म दुई पाङ्ग्रे बाहेकका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको हो। प्रमुख सडक सञ्जालमा पर्ने यो पुलमा समस्या देखिएपछि तत्काल मर्मत आवश्यक देखिएको प्रशासनले जनाएको छ।
मर्मत अवधि भरि पुलमा सवारी आवागमन नहुने भएकाले वैकल्पिक मार्गको रूपमा अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक व्यवस्थापन र यात्रु सुरक्षाका लागि आवश्यक तयारी गरिएको जनाइएको छ।
साथै, अत्यावश्यक सवारी साधनका लागि डाइभर्सन मार्ग मर्मत गरी सञ्चालनमा ल्याइनेछ। यो मार्गको मर्मत कार्य सडक डिभिजन कार्यालयले गर्नेछ भने व्यवस्थापनमा ट्राफिक प्रहरीको समन्वय रहनेछ।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस