दाङ,१७ साउन । रोल्पामा सहिद राजमार्ग अवरुद्ध भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५, सागुरोखोलामा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुका करिब साढे ६ बजे उक्त स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोका कारण घोराही–रुकुम सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस