दाङ,१९ साउन । दाङमा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी छन् । तुलसीपुर उपमहानगरपालिका–१४ स्थित गोठुवामा खेल्ने क्रममा कुलोमा बगेर एक बालिका गम्भीर घाइते भएकी हुन् ।
स्थानीय सुदेश बस्नेतकी दुई वर्षीया छोरी सुस्मा बस्नेत सोमबार साँझ करिब ५:३० बजे घर अगाडि खेल्दै गर्दा नजिकैको कुलोमा बगेकी थिइन्। घटनास्थल नजिकै रहेका उनका बुवाले देखेर तत्कालै कुलोबाट बाहिर निकालेर उद्धार गरेका थिए।
घाइते बालिकालाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा लगिएको र हाल त्यहीँ उपचाररत रहेको इलाका प्रहरी कार्यालय मलवारले जनाएको छ। अस्पताल स्रोतका अनुसार बालिकाको अवस्था गम्भीर रहेको छ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मलवारबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि)जंगबहादुर यम।सिको नेतृत्वमा प्रहरी टोली खटिएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस