दाङ,२० साउन । कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवा बस्ने सुरेश बस्नेतकी २ वर्षकी छोरी सुष्मा बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार सोमबार साँझ साढे ५ बजे घरको आगनमा खेल्ने क्रममा गोठुवा कुलोमा खसेर बग्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो ।
उनको उपचारका क्रममा सोही अस्पतालमा सोमबार राती मृत्यु भएको हो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस