after_navbar

बजेट नल्याएका पालिकामा मन्त्रालयले स्थलगत सहजीकरण गर्ने


श्रावण २१, २०८२


काठमाडौँ, २० साउन। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयमै बजेट पारित गर्न नसकेका पालिकाहरूसँग स्थलगत छलफल गर्दै समस्या समाधानका लागि सहजीकरण प्रक्रिया सुरु गर्ने भएको छ। चाँडै बजेट तथा कार्यक्रम पारित गरी कार्यान्वयनमा लैजाने उद्देश्यका साथ मन्त्रालयले तीन वटा टोली गठन गरेको छ।

ad

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको निर्देशनमा मन्त्रालयका सहसचिवको संयोजनमा सहजीकरण टोलीहरू खटिनेछन्। ती टोलीमा तीन महाशाखाका प्रमुख कालीप्रसाद पराजुली, प्रकाश दाहाल र रुद्रसिंह तामाङको नेतृत्व रहनेछ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, उक्त सहजीकरण टोलीमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ तथा सम्बन्धित जिल्ला समन्वय समितिका पदाधिकारी वा प्रतिनिधिहरूको समेत सहभागिता रहनेछ। टोलीहरू भोलिदेखि विभिन्न पालिकामा परिचालित हुनेछन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार, पालिकाले कार्यपालिकाबाट स्वीकृत बजेट असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने स्पष्ट व्यवस्था छ। तर, हालसम्म एक सयभन्दा बढी पालिकाले बजेट ल्याउन नसकेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="